Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

प्रभु बैंकद्वारा  क्रस बोर्डर डिजिटल भुक्तानी सेवाको नयाँ सुरुवात

प्रभु बैंकद्वारा  क्रस बोर्डर डिजिटल भुक्तानी सेवाको नयाँ सुरुवात

  • काठमाडौँ ।  प्रभु बैंकले डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको छ। मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा शुभारम्भ गरी डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको बैंकले शुक्रबार जनाएको हो ।

    बैंकद्वारा जारी प्रेस विज्ञप्तिमार्फत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहबीच सेवा शुभारम्भ गरेको जनाइएको छ ।  यो सेवा सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन्।

    बैंकले यो सेवालाई क्रस बोर्डर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्वपूर्ण प्रयास भएको जनाएको  छ ।समारोहमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंकको पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    गभर्नर अधिकारीले भीम यूपीआई सेवा शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधिको प्रवर्धनमा प्रतिबद्ध रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij