Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

स्थानीयहरूको विरोधले नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण कार्य फेरि  रोकियो

स्थानीयहरूको विरोधले नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण कार्य फेरि  रोकियो

  • काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण काम फेरि रोकिएको छ । स्थानीय बासिन्दाहरूले खानेपानी सधैं उपलब्ध हुने ग्यारेन्टी दिनुपर्ने माग अघि सारेपछि काम फेरि रोकिएको हो ।यसअघि रोकिएको काम गत हप्ता मात्रै स्थानीयका माग सम्बोधन गर्ने सहमतिपछि सुरु भएको थियो। 

    आफूहरुले अघि सारेको खानेपानी सुविधा सधैंलाई दिनुपर्ने विषयमा अहिलेसम्म कतैबाट पनि सम्बोधन नभएको भन्दै चन्द्रागिरी नगरपालिका–२ का बासिन्दाले आइतबार बिहानदेखि काम रोकेका हुन्। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार पुनः काम रोकिएको छ।  उनका अनुसार  खानेपानीको स्रोत र व्यवस्थापन लाइफटाइम हुनुपर्ने त्यसको जिम्मा लिनुपर्नेगरी आफ्नो माग सम्बोधन नभएको भन्दै काम ठप्प पारिएको हो ।

    अहिलेसम्म आयोजनाले उनीहरुका लागि  खानेपानीको व्यवस्थापन गर्दै आएको छ। तर आयोजना अन्तिम चरणमा रहेकाले त्यसपछि कसले स्थानीयलाई खानेपानीको स्रोत र व्यवस्थापन गर्ने भन्ने टुंगो लागिसकेको छैन। नगरपालिकाले जिम्मा लिने भनिए पनि त्यसबारे सम्झौता नभएको हो । स्थानीयले आयोजनाले गर्दा पानीको मुहान सुकेको र आफूहरुलाई आयोजनाले नै सधैंका लागि खानेपानीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। 

    आयोजनाको अहिले प्राय सबै निर्माण कार्यहरु अन्तिम चरणमा छन्। अवरोध नभए आगामी असारसम्ममा सुरुङमार्गबाट गाडी चलाउन मिल्नेगरि काम भइरहेको थियो। तर, बेलाबेला यसरी हुने अवरोधले गर्दा काममा बाधा पुगेको पन्थीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij