Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

बचत प्रोत्साहन गर्ने मूल नाराका साथ ग्लोबल मनी वीक २०२५ मनाइँदै

बचत प्रोत्साहन गर्ने मूल नाराका साथ ग्लोबल मनी वीक २०२५ मनाइँदै

  • काठमाडौँ । ग्लोबल मनी वीक २०२५ले बचतमा प्रोत्साहन गर्ने नारासहित मनाउन लागिएको छ ।‘लर्न, सेभ एण्ड अर्न’को नाराका साथ बैंक तथा वित्तीय संस्थाहरुले मनाइरहेको ग्लोबल मनी वीकको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका हुन् । 

    घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ, जसको क्षमता जेछ सोही अनुसार व्यवहार गर्नुपर्छ, क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन भन्दै गभर्नर अधिकारीले  २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने बताए ।बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरु हुने गरेको बताउँदै उनले त्यस विषयमा पनि सरोकारवालालाई बुझ्न भने ।

    पछिल्लो समय बढ्दै गएको डिजिटल कारोबारबारे आफू धेरै सन्तुष्ट रहेको बताउँदै गभर्नर अधिकारीले यसका  चुनौती बारे सजग र सावधान रहेर कारोबार गर्न सुझाए ।सबैको पहुँचमा बैंक खाता पु¥याउने  लक्ष्य रहेको बताउँदै उनले बैंकमार्फत बचत गरेर भविश्य सुनिश्चित गर्न सुझाव दिए ।

    वित्तीय ज्ञानले व्यक्तिको व्यवहारमा पनि परिवर्तन ल्याउन विश्वास व्यक्त गर्दै उले  वित्तीय साक्षरताले स्वच्छ समाज र सिंगो राष्ट्रलाई पनि स्वच्छ बनाउन भूमिका खेल्ने उनको धारणा छ ।वित्तीय शिक्षाको महत्वपूर्ण पाटो ‘फोर्स सेभिङ रहेको बताउँदै  उनले विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरतालाई समावेश गर्ने छलफल भइरहेको जानकारी दिए । 

    १३औैँ संस्करणको ग्लोबल मनी वीक  नेपालमा राष्ट्र बैंकको नेतृत्वमा आयोजना हुँदै आएको छ । एक साताभर ग्लोबल मनी वीकको  आयोजना गर्ने चलन बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij