Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

अध्यक्ष चन्द्रप्रसाद ढकाल : ‘तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ’

अध्यक्ष चन्द्रप्रसाद ढकाल : ‘तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ’

  •  

     

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्यको महत्त्वमा जोड दिएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ५८औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणमार्फत कानूनी समस्याहरू समाधान गर्दै लगानीमैत्री वातावरण तयार पारेको बताउनुभयो।

    ढकालले समृद्धि हासिल गर्नका लागि सहकार्यलाई प्राथमिकता दिनुपर्ने कुरा उल्लेख गर्दै रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो। स्थानीय सरकार र निजी क्षेत्र बीचको सहकार्यको आवश्यकता औंल्याउँदै उहाँले ललितपुर महानगरले निजी क्षेत्रलाई प्रोत्साहन दिने कार्य सराहनीय रहेको जनाउनुभयो।

    अध्यक्ष ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको हल्ला पछाडि उद्योग क्षेत्रमा उत्पन्न भएको त्रासको समाधान भएको उल्लेख गर्दै वर्तमान वातावरणमा कानूनी र कार्यविधिमा सुधार आएको बताउनुभयो। उहाँका अनुसार, सही कार्यविधि र नियमावलीको कार्यान्वयनले नेपालमा पुँजी परिचालन र समृद्धि ल्याउनका लागि धेरै सम्भावनाहरू सिर्जना हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij