Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

चैत ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबारका आधारमा शेयर मूल्य निर्धारण हुने

चैत ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबारका आधारमा शेयर मूल्य निर्धारण हुने

  • काठमाडौं । भोलि चैत ७ गतेदेखि सेयरको अन्तिम मूल्य निर्धारणको तरीका परिवर्तन हुँदैछ । अब सेयरको अन्तिम मूल्य १५ मिनेटको भारित औसत मूल्यका आधारमा निर्धारण हुनेछ । यो निर्णय नेप्से सञ्चालक समितिको चैत ५ गतेको बैठकमा गरिएको हो।

    यस निर्णय अनुसार, भोलिदेखि सेयरको क्लोजिङ प्राइस (अन्तिम मूल्य) बजारको अन्तिम १५ मिनेटको व्यापारको भारित औसत मूल्यबाट निर्धारण हुनेछ। यस क्रममा २ः४५ बजेदेखि ३ बजेसम्मको कारोबारको मूल्यलाई आधार मानेर अन्तिम मूल्य तय गरिनेछ।

    अहिलेका लागि बजार बन्द हुँदा अन्तिम कारोबार मूल्य नै सेयरको अन्तिम मूल्य मानिन्थ्यो, तर यस अघि केही खेलाडीहरूले सेयर मूल्यलाई कृत्रिम रूपमा बढाउने वा घटाउने प्रयास गर्दै अन्तिम एक मिनेटमा चलखेल गर्ने गरेका आरोपहरू उठ्दै आएका थिए। अबको निर्णयले बजारमा पारदर्शिता र स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij