
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारबाहीमा एप्पल सेक्युरिटिज परेको छ । नेप्सेले एप्पल सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गरेको हो ।
निर्धारित समय सीमा भित्र फरफाक गर्नुपर्ने कार्य नगरेकोले एप्पल सेक्युरिटिज कारबाहीमा परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको नेप्सेलाई एप्पल सेक्युरिटिजलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।सीडीएस एण्ड क्लियरिङले आइतबार कारबाहीका लागि नेप्सेलाई पत्र पठाएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij