Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप

  • काठमाडौँ । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन् ।

         सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहनुभएको उक्त सदस्यमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

          मनोनित हुनेहरूमा इन्जिनीयर उज्ज्वल कोइराला (सङ्खुवासभा), इन्जिनीयर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा मोहनजङ्ग शाह (बाँके), डा नीरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की  (कञ्चनपुर) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij