Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम अर्थमन्त्री तथा समितिका संयोजक विष्णु पौडेलको अध्यक्षतामा सिफारिस गरेको छ। समितिले डा। विश्व पौडेललाई पहिलो प्राथमिकतामा राख्दै, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम समेत मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

    नियमअनुसार, सिफारिस गरिने तीन जनामध्ये कम्तीमा एक जना वर्तमान डेपुटी गभर्नर हुनुपर्ने प्रावधान छ। सोहीअनुसार सिफारिसमा निलम ढुंगाना तिम्सिना (बाहलवाला डेपुटी गभर्नर)को समावेश गरिएको छ। समितिले मंगलबार अपरान्ह बसेको बैठकपछि नाम छनोट गरी प्रक्रिया अघि बढाएको हो।

    अब मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई गभर्नर नियुक्त गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij