Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

सोपान मल्टिपल कम्पनीको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सोपान मल्टिपल कम्पनीको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । सोपान मल्टिपल कम्पनीको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको ३ लाख ३ हजार ४२६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। संस्थापक शेयरधनीले सोही मूल्य वा सोभन्दा बढी कबोल गरी शेयर खरिद गर्न सक्नेछन्।

    संस्थापक शेयरधनीले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुविधानगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा पेस गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij