Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

एनआईसी एशिया सेलेक्ट–३० फण्डको फागुन महिनामा नाफा घट्यो

एनआईसी एशिया सेलेक्ट–३० फण्डको फागुन महिनामा नाफा घट्यो

  • काठमाडौं । एनआईसी एशिया सेलेक्ट–३० फण्डले फागुन महिनासम्म रू.२ करोड ४१ लाख ४६ हजार नाफा कमाएको छ, जुन माघ महिनाको रू. ३ करोड ७६ लाख २८ हजारको तुलनामा कम हो।

    माघ महिनामा फण्डले रू। ५ करोड १३ लाखभन्दा बढी आम्दानी गरेको थियो, भने फागुन महिनामा यसले रू। ३ करोड ९७ लाखभन्दा बढी आम्दानी गरेको छ। माघ महिनामा खर्च रू। १ करोड ३७ लाख २४ हजार रहेको थियो भने फागुन महिनामा खर्च रू। १ करोड ५६ लाख पुगेको छ। खर्च बढी र आम्दानी कम भएकाले फण्डको नाफामा कमी आएको हो।

    माघ महिनाको तुलनामा फागुन महिनामा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ। माघ महिनामा रू। १० दशमलव २४ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य अब रू। १० दशमलव १४ मा झरेको छ। फण्डले १२ करोड ५० लाख इकाई विक्री गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij