Logo

Jul 30 2025 | २०८२, साउन १४गते

Jul 30 2025 | २०८२, साउन १४गते

images

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने तयारी, निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने तयारी, निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया

  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज आइतबार (चैत १७ गते) बजारबाट २५ अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणको माध्यमबाट बजारमा यी रकम संकलन गर्ने प्रक्रिया सुरु गर्नेछ।

    यो तान्ने प्रक्रिया २१ दिनको अवधिको लागि हुनेछ, र इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

    राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरण नियमित रूपमा प्रयोग गर्दै आएको छ। तानिएको रकमको साँवा र ब्याज भुक्तानी मिति वैशाख ७ गते निर्धारण गरिएको छ, र यसको ब्याज दर भने बोलकबोलबाटै निर्धारण हुनेछ।

    बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको निःशेष भागको अनुरोध गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij