Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

डिजिटल वित्तीय कारोबारमा राष्ट्र बैंकको तीन तहको सुरक्षा

डिजिटल वित्तीय कारोबारमा राष्ट्र बैंकको तीन तहको सुरक्षा

  • काठमाडौँ । डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा ल्याइएको छ ।नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधिको दुरुपयोग हुँदा जोखिम बढेको भनी  तीन तहको सुरक्षा आवश्यक रहेको जनाएको हो ।आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै राष्ट्र बैंकले सुरक्षा आवश्यक रहेको जनाएको छ ।

    प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको जनाउँदै गरेको तीन तहको सुरक्षा व्यवस्था यस प्रकार रहेको छ ।व्यक्तिलाई मात्र थाहा हुने सुरक्षा अन्तर्गत यो तहमा  व्यक्ति आफूलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा मानिसको ज्ञान र सम्झनामा भर पर्छ ।

    अर्कोतहको सुरक्षा अन्तर्गत यो तहमा त्यस्ता वस्तु पर्दछन् जसको पहुँच व्यक्तिलाई आफूसँग मात्र हुन्छ । जस्तै, मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

    तेस्रो तहको सुरक्षा अन्तर्गत व्यक्ति आफै हुने सुरक्षा व्यवस्था हो । यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।राष्ट्र बैंकले वित्तीय कारोबारका लागि प्रमाणीकरण विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij