Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

नेपाल स्टक एक्सचेन्जमा मंगलबार ४ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा मंगलबार ४ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार चार कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत भएका छन्। तीमध्ये नेपाल एसबीआई बैंक र फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर, जबकि ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएका छन्।

    नेपाल एसबीआई बैंकले ३.८० प्रतिशत बोनस सेयरको ३३ लाख ९० हजार ५७.८७ कित्ता सूचीकृत गरेको छ। यसका साथै, फरवार्ड माइक्रोफाइनान्सले पनि गत वर्षको नाफाबाट वितरण गरेको १३.३० प्रतिशत बोनस सेयरका रूपमा १४ लाख ३ हजार ८९९.७६ कित्ता सेयर सूचीकृत गरेको छ।

    अर्कोतर्फ, ङादी ग्रुप पावरको १:१ अनुपातमा (१०० प्रतिशत) बिक्री गरिएको हकप्रद सेयरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता नेप्सेमा सूचीकृत भएको छ। बलेफी हाइड्रोपावरको पनि १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर सूचीकृत गरिएको छ, जसले हालै बिक्री गरेको शतप्रतिशत हकप्रद सेयर सूचीकरण गरेको हो।

    यसरी सूचीकृत भएका बोनस र हकप्रद सेयरहरु सेयरधनीहरूले डिम्याट खातामा जम्मा भएपछि बिक्री गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij