Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

टाइम फार्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारी

टाइम फार्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारी

  •  

    काठमाडौं ।टाइम फार्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २५ फागुन २०८१ गते यस सम्बन्धी निर्णय गरेको हो। यसै क्रममा, कम्पनीले विशेष साधारण सभा बोलाउन निर्णय गरेको छ।

    विशेष साधारण सभा
    कम्पनीले वैशाख ११ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा कम्पनीको उद्योग परिसर, गैडाकोट, नवलपरासीमा अपराह्न १२ः३० बजे हुनेछ।

    संशोधित पूँजी प्रस्ताव
    सभाले कम्पनीको जारी पूँजीलाई ४२ करोड ९१ लाख ११ हजार ८०० रुपैयाँबाट वृद्धि गरेर ४६ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ। यस संशोधित पूँजीको ७९.३४७८ प्रतिशत संस्थापक समूहका लागि र २०.६५२१ प्रतिशत सर्वसाधारण समूहका लागि वितरण हुनेछ।

    सञ्चालक समितिको संरचना
    सभा मार्फत संस्थापक समूहबाट पाँच जना, सर्वसाधारण समूहबाट एक जना, र स्वतन्त्र सञ्चालक एक जना गरी कुल सात सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव पारित गरिनेछ। यसका अतिरिक्त, कम्तीमा एक जना महिला सञ्चालकसमेत चयन गरिनेछ।

    आईपीओ निष्कासनको जिम्मेवारी
    कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ र यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिनेछ। यसैगरी, कम्पनीका कार्यकारी अध्यक्ष, प्रबन्ध सञ्चालक, व्यवस्थापनका जिम्मेवारी लिने सञ्चालकहरू र अन्य सञ्चालकहरूको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी निर्णय पनि सभामा लिइनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij