Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पियोर इनर्जी लिमिटेडको सर्वसाधारणका लागि आइपीओ बिक्री चैत २८ देखि खुला

पियोर इनर्जी लिमिटेडको सर्वसाधारणका लागि आइपीओ बिक्री चैत २८ देखि खुला

  •  

    काठमाडौं: पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आफ्ना सेयरहरूको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले कुल ११ लाख ९५ हजार २०० कित्ता सेयरलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा बिक्री गर्ने छ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ रहेको छ।

    यो आईपीओमा सर्वसाधारणले १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि चैत २८ देखि वैशाख २ गतेसम्म रहनेछ। यदि सो अवधिमा सेयर नबिकेमा, आवेदन दिनको अन्तिम मिति वैशाख ११ गतेसम्म राखिएको छ।

    कम्पनीको आईपीओ आवेदन प्रक्रिया सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आईपीओको क्रेडिट रेटिङ केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी' इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

    पियोर इनर्जी लिमिटेडले २० मेगावाटको सौर्य उर्जा परियोजनाको लागि २ अर्ब २ करोड ६० लाख रुपैयाँको लागत अनुमान गरेको छ। यस परियोजनाको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले वहन गर्नेछ।

    यसअघि कम्पनीले स्थानीय लगानीकर्तालाई ८० करोड रुपैयाँको पुँजीमध्ये १ करोड ६० लाख रुपैयाँ बराबरका १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij