Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

चैत्र ७ गतेदेखि शुरु भएको एसईई परीक्षा परिणाममा ढिलाइको सम्भावना : शिक्षक आन्दोलनको कारण प्रक्रिया प्रभावित

चैत्र ७ गतेदेखि शुरु भएको एसईई परीक्षा परिणाममा ढिलाइको सम्भावना : शिक्षक आन्दोलनको कारण प्रक्रिया प्रभावित

  •  

    काठमाडौं ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०, जुन चैत्र ७ गते शुरु भइ १९ गते सम्पन्न भएको थियो,को परिणामको प्रकाशनमा ढिलाइ हुने सम्भावना बढेको छ। असार ७ गते रिजल्ट सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यतालिका भए पनि, देशभर शिक्षकहरूको आन्दोलनका कारण प्रश्न पत्र जाँच्ने प्रक्रिया अवरुद्ध भएको छ, जसका कारण रिजल्टसमेत पछि धकेलिन लागेको हो।

    प्लस टु भर्ना प्रक्रिया प्रभावित

    एसईईको परिणाम ढिलो भएमा प्लस टु भर्ना प्रक्रिया पनि प्रभावित हुने निश्चित छ। यस वर्ष एसईईमा झन्डै पाँच लाख विद्यार्थीहरूले सहभागिता जनाएका थिए, जसका ७ वटा विषयका उत्तरपुस्तिकाहरू लगभग ३५ लाख जाँच्नुपर्ने छन्। यसको प्रक्रिया पूर्ण गर्न शिक्षकहरूको सहभागिता अनिवार्य रहेको छ।

    अन्दोलनका कारण उत्तरपुस्तिका जाँच प्रभावित

    परिक्षा सकिएको भोलिपल्टै, चैत्र २० गतेदेखि नेपाल शिक्षक महासंघले काठमाडौँमा आन्दोलन सुरु गरेको छ। यस आन्दोलनमा देशभरका सामुदायिक विद्यालयका शिक्षक र शिक्षिकाहरू सहभागी छन्। आन्दोलनका कारण उत्तरपुस्तिका सङ्कलन र प्याकिङको प्रक्रिया अझै अलपत्र छ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, उत्तरपुस्तिका सङ्कलन र प्याकिङ कार्य पूरा भएपछि शिक्षकलाई चेकिंगको लागि पठाउने तयारी भइरहेको छ। तर, आन्दोलनका कारण काठमाडौँमा रहेका शिक्षकहरूले पनि काम गर्ने सम्भावना न्यून छ, जसले गर्दा प्रश्नपत्र वितरण र जाँच प्रक्रिया अवरुद्ध हुने अवस्था देखिएको छ।

    शिक्षक महासंघको अडान र माग

    शिक्षक महासंघले बारम्बार सरकारसँग वार्ता गर्नको लागि आग्रह गरेको छ, तर वार्तामा आएको कुनै पनि सम्झौताले कार्यान्वयन नगरेको भन्दै महासंघ अडानमा छ। शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेका छन्। साथै, संसदको अधिवेशन समाप्त भइसकेकोले अब यो ऐन नियमित प्रक्रियाबाट जारी हुने अवस्था छैन। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसै कारण आफूहरूले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

    शिक्षकहरूको आन्दोलन र शैक्षिक सुधार

    सुवेदीले यस आन्दोलनलाई गुणस्तरीय शिक्षा र शिक्षक कर्मचारीहरूको हकमा सुधार ल्याउनका लागि लिएको दावी गरेका छन्। शिक्षक महासंघले विद्यार्थी, शिक्षक, र कर्मचारी मैत्री शैक्षिक सुधारको लागि यो आन्दोलन गरिरहेको उल्लेख गरिएको छ।

    यो आन्दोलनको प्रभावले एसईई परिणाम र आगामी शैक्षिक प्रक्रिया लगायतका कार्यहरूलाई चुनौती दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij