Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध : रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने आदेश

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध : रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने आदेश

  • काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश दिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै रविलाई थुनामा राख्न आदेश गरेको हो। यसै प्रकरणका अर्का अभियुक्त, पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको छ। यसअघि, रुपन्देही जिल्ला अदालतको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो, जबकि छविलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। त्यस निर्णयको विरोधमा परेको सरकारी वकिलको निवेदनमा उच्च अदालतले रविलाई पनि थुनामा राख्ने आदेश गरेको हो। रविले भने एक करोड धरौटी चर्को रहेको भन्दै साधारण तारेखमा छुट्नका लागि उच्च अदालतमा निवेदन दिएका थिए।

    सुप्रिम सहकारीमा कुल ४२ जना प्रतिवादी छन्, जसमा रवि, छविलाल जोशी र जीबी राई प्रमुख छन्। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकमको अपचलन गरेको आरोप खेपिरहेका छन्। विशेषगरी, रवि, छवि र जीबीले यस रकमको १० करोड ९९ लाख ३६ हजार अपचलन गरेको दाबी गरिएको छ। जीबी राई भने फरार छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij