Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय

बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय

  •  

    काठमाडौं । बुटवल पावर कम्पनीले आफ्नो एफपीओ (फ्लोटिङ्ग प्राइस अडिशनल सेयर) प्रक्रिया रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यो निर्णय कम्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकमा गरिएको हो।

    कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। तर, उक्त प्रक्रिया रद्द गर्दै अब ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ।

    बुटवल पावरको कुल चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ रहेको छ। यस पुँजीको ४० प्रतिशतको हकप्रद सेयर जारी गर्न कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको सेयर जारी गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij