Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

उत्तर प्रदेशका मुख्यमन्त्री योगीले नेपाली दूतावास गएर राजा फर्काउन नचाहेको बताएको सभापति देउवाको भनाइ

उत्तर प्रदेशका मुख्यमन्त्री योगीले नेपाली दूतावास गएर राजा फर्काउन नचाहेको बताएको सभापति देउवाको भनाइ

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजसंस्थालाई भारतले उचालेको हल्ला गलत भएको बताएका छन् । छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउँदै सभापति देउवाले यस्तो बताएका हुन् । 

    गणेशमान सिंह फाउण्डेसनद्वारा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले  नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याएको योगदान’ विषयक गोष्ठीमा यस्तो बताए । 

    देउवाले भने  ‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ ।’

    देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको पनि कार्यक्रममा बताए ।

    चन्द्रशेखरको विषयमा बताउँदै देउवाले  भने ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो । चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो । त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij