Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार सुरु, पहिलो कारोबार ३०२.३० रुपैयाँमा खुला

नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार सुरु, पहिलो कारोबार ३०२.३० रुपैयाँमा खुला

  •  

    काठमाडौं ।नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार आजदेखि सुरु भएको छ। मंगलबार स्पेसल प्रि ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुला भएको हो। सोही मूल्यलाई आधार बनाएर नियमित कारोबार पनि सुरु गरिएको छ।

    नेप्सेले नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबारका लागि न्यूनतम १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो, र सेयर उक्त रेन्जको अधिकतम विन्दुमा कारोबार खुला भएको हो।

    कम्पनीले बिहीबार कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो। यसमा सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij