Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पियोर इनर्जी लिमिटेडको आइपीओ  २८ चैतदेखि बिक्री सुरु गर्ने

पियोर इनर्जी लिमिटेडको आइपीओ  २८ चैतदेखि बिक्री सुरु गर्ने

  •  

    काठमाडौं ।पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आफ्ना सेयरको आइपीओ बिक्री सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने छ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ हुनेछ।

    सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि नबिकेमा, वैशाख ११ गतेसम्म आवेदन दिनको लागि समय थप हुनेछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिन्छ।

    यो आइपीओ आवेदन सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत गर्न सकिनेछ। कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    पियोर इनर्जी लिमिटेडको २० मेगावाट सौर्य उर्जा परियोजनाको लागत २ अर्ब २ करोड ६० लाख रहेको छ। यसका बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।

    यसअघि, कम्पनीले स्थानीय लगानीकर्ताहरूलाई ८० करोड रुपैयाँको पुँजीबाट १ लाख ६० हजार कित्ता सेयर बिक्री गरेको थियो र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १ लाख ४४ हजार कित्ता सेयर जारी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij