Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने घोषणा

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने घोषणा

  •  

    काठमाडौँ।राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ऋणपत्र बिक्री गर्ने योजना घोषणा गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्नेछ। यसमध्ये १५ लाख इकाई प्राइभेट प्लेसमेन्ट मार्फत बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ भने, बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत ९५० हजार इकाई० म्युचुअल फण्डलाई छुट्याइएको छ। सर्वसाधारणलाई ९ लाख ५० हजार इकाईमा आवेदन दिने अवसर दिइनेछ।

    बैंकले ७ वर्ष अवधिको ु७५ आरबीबीएल डिबेन्चर २०८८ु बिक्री गर्दैछ, जसमा ७ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। आवेदन प्रक्रिया वैशाख १० गतेसम्म खुला रहनेछ, यदि त्यत्तिको समयमा सबै डिबेन्चर बिक्री भएन भने, वैशाख २१ गतेसम्म बिक्री खुला राखिनेछ। सानिमा क्यापिटल यस ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा कार्य गर्दैछ।

    न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। यस ऋणपत्रको मूल्याङ्कन केयर रेटिङ्स नेपालले ुकेयर एनपी ए प्लसु इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा स्थिरता र न्यूनतम कर्जा जोखिमको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij