Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने

सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने

  •  

    काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले जारी गरेको पुँजीको १० प्रतिशत, अर्थात ८ करोड ८० लाख रुपैयाँको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको हो।

    आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा ईलाम जिल्लाका विभिन्न वडाहरूका स्थानीयलाई आवेदन दिन अवसर दिइनेछ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि २ लाख ९१ हजार कित्ताको आइपीओ बिक्री खुला गरिएको छ, जसका लागि आवेदन दिने अवधि वैशाख १९ गतेसम्म रहनेछ।

    साथै, केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ुकेयर एनपी डबल बी प्लसु इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमता औसत जोखिमसँग रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij