Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सभा  वैशाख १९ गते , ५% बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सभा  वैशाख १९ गते , ५% बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव

  •  

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख १९ गते आफ्नो वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव राख्नेछ, साथै बोनसमा लाग्ने कर प्रयोजनको लागि ०।२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने योजना बनाएको छ।

    सभा अवधिमा, कम्पनीले आफ्नो प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा(नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि राखेको छ। सभा आयोजनाका लागि वैशाख ११ गते बुक क्लोज हुने जानकारी दिइएको छ।

    यसको अर्थ, वैशाख १० गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। सभा स्वाभिमान लघुवित्तको केन्द्रीय कार्यालय, तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij