Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

क्रेष्ट माइक्रो इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत

क्रेष्ट माइक्रो इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं ।  क्रेष्ट माइक्रो इन्सुरेन्स लिमिटेडको आइपीओ आज नेप्सेमा सूचीकृत भएको छ। बुधबार कम्पनीले कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो, जसमा २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको र ५२ लाख ५० हजार कित्ता संस्थापक समूहको समावेश छ।

    नेप्सेमा सूचीकृत भएपछि, कम्पनीको सेयर अब चैत २८ (बिहीबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ। क्रेष्ट माइक्रो इन्सुरेन्सको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १००।८६ रुपैयाँदेखि ३०२।५८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ, र यस दायरा भित्र सेयर कारोबार हुनेछ। यस कारोबारका लागि नेप्सेले कम्पनीको सेयरलाई 'सीआरइएसटी' संकेत प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij