Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आज एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने  अन्तिम दिन

आज एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने  अन्तिम दिन

  • काठमाडौं ।  एनआईसी एशिया बैंकद्वारा जारी गरिएको ऋणपत्रमा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो। व्यक्तिगत तवर ९प्राइभेट प्लेसमेन्ट० बाट अत्यधिक माग आएपछि आजै बिक्री बन्द गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

    बैंकले चैत २५ गतेदेखि प्रति इकाई १,००० रुपैयाँका दरले कुल ५० लाख इकाई ऋणपत्र निष्काशन खुला गरेको हो। यसमध्ये ४० प्रतिशत अर्थात् २० लाख इकाई सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत अर्थात् ३० लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्न लागिएको हो।

    सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये ५ प्रतिशत ९१ लाख इकाई० म्युचुअल फन्डका लागि आरक्षित गरिएको छ। ‘७५ एनआईसी एशिया डिबेन्चर २०९१’ नाम दिइएको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

    लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर पोर्टल प्रयोग गर्न सकिनेछ।

    यस ऋणपत्रको बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij