Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पियोर इनर्जी लिमिटेडको आइपीओ आजदेखि खुला

पियोर इनर्जी लिमिटेडको आइपीओ आजदेखि खुला

  •  

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज(बिहीबार) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन  खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्रीमा ल्याएको छ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर हुन्छ।

    सर्वसाधारणले उक्त आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। तर यदि तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन अवधि वैशाख ११ गतेसम्म लम्बिन सक्नेछ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत गर्न सकिनेछ।

    यस आइपीओप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ, किनभने उर्जा क्षेत्रको स्थायित्व र सम्भावनालाई मध्यनजर गर्दै लगानीकर्ताहरूले सकारात्मक प्रतिक्रिया जनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij