Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबार दोस्रो बजारमा सुरु, पहिलो दिन ३०२.५० रुपैयाँमा कारोबार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबार दोस्रो बजारमा सुरु, पहिलो दिन ३०२.५० रुपैयाँमा कारोबार

  •  

    काठमाडौं ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर बिहीबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको छ। बिहीबार बिहान नेप्सेले आयोजना गरेको स्पेशल प्रि-ओपनिङ सेसन मार्फत पहिलो पटक कम्पनीको सेयर कारोबार भएको हो।

    नेप्से अनुसार, पहिलो कारोबार प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसाको दरमा ३० कित्ता सेयरबाट सुरु भएको हो। सोही मूल्यमा कम्पनीको सेयर नियमित सेसनमा पनि खुला भएको छ।

    पहिलो दिनको कारोबार अवधिमा खरीद माग उच्च देखिएको छ भने विक्री प्रस्ताव भने शून्य रहेको छ। कारोबार सुरु भएको तीन मिनेटको अन्तरालमै ८७ हजार ७९४ कित्ता सेयरको खरीद माग देखिएको छ, जसले बजारमा लगानीकर्ताको आकर्षण प्रस्ट देखाउँछ।

    कम्पनीको सेयर Crest सिम्बोल अन्तर्गत कारोबार भइरहेको छ। क्रेस्ट माइक्रो लाइफले नेप्सेमा ७५ लाख कित्ता सेयर सूचीबद्ध गराएको छ, जसमा ५२ लाख ५० हजार कित्ता संस्थापक सेयर र २२ लाख ५० हजार कित्ता सर्वसाधारण सेयर रहेका छन्।

    सर्वसाधारणलाई बाँडिएको सेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषको हिस्सा लक–इन अवधिमा रहेको छ। संस्थापक तथा कर्मचारीको सेयर तीन वर्षसम्म र सामूहिक लगानी कोषको सेयर ६ महिनासम्म लक–इनमा रहनेछ।

    कम्पनीले यसअघि चैत ५ गते IPO बाँडफाँट गरेको थियो, र त्यसबाहेकका सबै सेयरहरू बिहीबारदेखि कारोबार योग्य भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij