Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै ४.६ गुणा बढी माग

पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै ४.६ गुणा बढी माग

  •  

    काठमाडौं ।  पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ने पहिलो दिनमै मागभन्दा ४.६ गुणा बढी आवेदन परेको छ।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५:०७ बजेसम्म कुल ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेका छन्। यसमा ४ लाख ५८ हजार ५४१ जना लगानीकर्ताहरूले ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन्।

    सर्वसाधारणका लागि खुला गरिएको कित्तालाई आधार मान्दा सो आवेदन उल्लेखनीय रुपमा बढी देखिएको छ, जसले लगानीकर्ताको उच्च उत्साह झल्काउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij