Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

देशभर चट्याङसहितको हल्का वर्षा र हिमपातको सम्भावना : सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

देशभर चट्याङसहितको हल्का वर्षा र हिमपातको सम्भावना : सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  •  

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। यसै प्रभावले गर्दा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक(दुई ठाउँमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेश बाहेक अन्य सबै प्रदेशको उच्च हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपातको सम्भावनासमेत रहेको छ। यो अवस्था राति पनि जारी रहनेछ।

    महाशाखाले देशभर हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावनाका कारण स्वास्थ्य, कृषि, जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij