Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

काकडभिट्टाबाट दुर्गा प्रसाईं शुक्रबार बिहान प्रहरी नियन्त्रणमा , विमानबाट काठमाडौँ ल्याइँदै

काकडभिट्टाबाट दुर्गा प्रसाईं शुक्रबार बिहान प्रहरी नियन्त्रणमा , विमानबाट काठमाडौँ ल्याइँदै

  • काठमाडौँ ।  नेपाल प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  नियन्त्रणमा लिएको छ।  प्रहरीले  झापाको काकडभिट्टाबाट प्रसाईंलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।

    प्रसाईंलाई काकडभिट्टाबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको र  फ्लाइटमार्फत् आजै काठमाडौं ल्याउने तयारी भइरहेको  प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले प्रसाईंलाई मेची पुलबाट कालो सिसा भएको निजी गाडीमा राखेर  भद्रपुर लगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

    प्रसाईंलाई भारतस्थित असामबाट काकडभिट्टा ल्याएर नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि धकेलाधकेल भएको थियो।

    प्रसाईंले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेका थिए। प्रहरीले अश्रुग्यास, पानीका फोहरा र गोलीसमेत चलाएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

    चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए। उनले यसबीचमा दुई वटा भिडिओ सन्देश जारी गर्दै आफू नेपालमै रहेको दाबी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij