Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

जुत्ता बनाउने एक कम्पनीलाई दुई लाख जरिवाना गरी एमआरपी राख्न निर्देशन, अन्यलाई कागजात लिएर आउन आदेश

जुत्ता बनाउने एक कम्पनीलाई दुई लाख जरिवाना गरी एमआरपी राख्न निर्देशन, अन्यलाई कागजात लिएर आउन आदेश

  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जुत्ता बनाउने कम्पनीलाई दुई लाख जरिवाना गरेको छ । साथै अन्य अनुगमन गरिएका कम्पनीहरूलाई विभिन्न किसिमको कारबाही गरिएको छ ।

    विभागले बिहीबार अनुगमनबारे जानकारी गराएको विज्ञप्ति अनुसार कागजातसहित उपस्थित हुन निर्देशन दिइएका कम्पनीहरूमा युनाइटेड वायर एण्ड केबल इण्डस्ट्रिज प्रालि सगरपुर ४ चितवन,ऊा राधा ट्रेडर्स काठमाडौँ महानगरपालिका वडा न ११ , सुन्धारा,अन्नपूर्ण केबल्स इण्डस्ट्रिज प्रालि विराटनगर महानगरपालिका वडा न ७ मोरङ, प्राइम केबल इण्डसिट्रज प्रालि काठमाडौा महानगरपालिका वडा न ११ सुन्धारा,मेशिनरी एण्ड इलेक्ट्रिक प्रालि काठमाडौँ महानगरपालिका वडा न ११, सुन्धारा र प्रसान्त ट्रेड लिंक काठमाडौँ महानरपालिका वडा न ११ भोटेबहाल रहेका छन् । बिक्री वितरणमा रोक समेत लगाइएकाहरूमा प्रशान्त ट्रेड लिंक रहेका छन् । साथै विभागले एसटीसी प्रालि चनपा १५ तिनथानाको कारोबार खुला गरी सामान्य निर्देशन दिइएको जनाइएको छ । 
    एमआरपी नराख्ने कम्पनीहरूको कारोबार रोक्का गरी खेको पाएपछि चार तार उद्योगको कारोबार रोक्का गरेको छ ।विभागले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जानकारी बिहीबार जारी विज्ञप्तिमा जनाएको छ ।

    विभागले बिहीबार गरेको अनुगमनका क्रममा चार तार उद्योगले एमआरपी नराखेको भन्दै उनीहरुको कारोबार रोक्का गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चैत महिनामा एक सय ५० उद्योगको अनुगमन गर्ने क्रममा २० वटाभन्दा बढीको कारोबार रोक्का गरिएको छ ।

    विभागले यसअघि एमआरपी राखी वस्तुको बिक्री वितरण गर्न भनेको थियो । सिमेन्टका बोरामा (एमआरपी) राख्नका लागि  उद्योगीहरूले केही दिनको समय माग गरेकामा उक्त समय सकिन लागेको छ । सिमेन्टका बोरामा आउँदो वैशाख १ देखि (एमआरपी) राखिने मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij