Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पियोर इनर्जीको आइपीओमा भारी आकर्षण: दोस्रो दिनमै १ अर्ब १३ करोडभन्दा बढीको आवेदन, माग ९.५३ गुणाले बढी

पियोर इनर्जीको आइपीओमा भारी आकर्षण: दोस्रो दिनमै १ अर्ब १३ करोडभन्दा बढीको आवेदन, माग ९.५३ गुणाले बढी

  • काठमाडौं । पियोर इनर्जी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० मा दोस्रो दिनसम्म आइपुग्दा अभूतपूर्व उत्साह देखिएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ५:०७ बजेसम्ममा ९ लाख ५५ हजार ४१७ जना लगानीकर्ताले आवेदन दिँदै कुल १ करोड १३ लाख ९४ हजार ७० कित्ता सेयरको माग गरेका छन्।

    यो संख्या कम्पनीले निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयरको तुलनामा ९.५३ गुणा बढी हो, जसले गर्दा यो आईपीओ प्रति लगानीकर्ताको उच्च विश्वास र आकर्षण झल्काउँछ।

    पियोर इनर्जीले बिहीबार, चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij