Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

यस वर्ष  रिलायन्स फाइनान्सले  लाभांश नदिने

यस वर्ष  रिलायन्स फाइनान्सले  लाभांश नदिने

  • काठमाडौं ।  रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको शुक्रबार (चैत २९ गते) बसेको बैठकले सो निर्णय लिएको हो।

    कम्पनीले सो आर्थिक वर्षको वित्तीय विवरण नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी पनि गराएको छ।

    यसअघि पनि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गरेको थिएन। रिलायन्स फाइनान्सले अन्तिमपटक आर्थिक वर्ष २०७८/७९ मा मात्र ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij