Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

गोदावरी स्टिल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारीमा

गोदावरी स्टिल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारीमा

  • काठमाडौं । गोदावरी स्टिल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीको सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आईपीओ निष्कासनसँग सम्बन्धित प्रस्तावसहित विभिन्न एजेन्डाहरू पारित गर्न सभा गर्ने निर्णय गरेको हो।

    सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ, साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने निर्णय पनि गरिनेछ। आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालक समितिलाई जिम्मा दिने निर्णय पनि सभाले गर्नेछ।

    त्यसका साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पनि सभाको एजेन्डामा समावेश छन्।

    कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र सञ्चालकहरूको बैठक भत्ता तथा सेवा सुविधा परिमार्जन गर्ने प्रस्तावहरू पनि सभाले पारित गर्ने तयारी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij