Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्भावित शुक्रबार, ४५५ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट हुने

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्भावित शुक्रबार, ४५५ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट हुने

  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँटको तयारी अन्तिम चरणमा पुगेको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार केही प्राविधिक कामहरू बाँकी रहेकाले बाँडफाँट यही साताभित्र, सम्भवतः शुक्रबारसम्म गरिने अनुमान गरिएको छ। यद्यपि, हाललाई मिति यकिन गर्न सकिने अवस्था छैन।

    एफपीओप्रति लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ। कम्पनीले निष्कासन गरेको ५१ हजार २९२.५० कित्ताका लागि १९ लाख ७४ हजार ७०९ जनाले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता सेयरको आवेदन दिएका छन्, जुन मागभन्दा ४५५.९१ गुणा बढी हो। यस आधारमा, करिब ५ हजार १२९ जनालाई मात्र सेयर प्राप्त हुनेछ भने बाँकी १९ लाखभन्दा बढी आवेदक खाली हात पर्न सक्नेछन्। यस कारण बाँडफाँट गोलाप्रथाबाट हुने पक्का भएको छ।

    विन नेपाल लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गरेको हो। एफपीओ चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको थियो।

    यसैबीच, क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तलाई इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८१ चैत ८ गते दिइएको हो र २०८२ फागुन २२ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij