Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

विश्व बैंक ऋण सहयोगमा कालोपत्रे  गर्न ६५ करोडमा ठेक्का

विश्व बैंक ऋण सहयोगमा कालोपत्रे  गर्न ६५ करोडमा ठेक्का

  • काठमाडौँ । विश्व बैंक ऋण सहयोगमा ६५ करोडमा सडक कालोपत्रे ठेक्का लगाइएको छ ।प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत कैलाली चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४.८५ किलोमिटर सडक स्तरोन्नति गर्न उक्त ठेक्का लगाइएको हो । यसका लागि दुई वटा सडक बनाउन ढुकुचु–एएनके–जोशी जेभीले ६५ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको छ।

    त्यसमध्ये पहिलो कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ। विश्व बैंक ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४.८५ किलोमिटर सडक स्तरोन्नति गरिने छ ।सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुनेछ। निर्माण कम्पनीले ३६ करोड ३० लाख रुपैयाँमा ठेक्का लिएको छ।

    अर्को सडकखण्ड कञ्चनपुरको चन्देव बजार–लालझाडी सडक निर्माणका लागि पनि ठेक्का लागेको छ। यसका लागि निर्माण कम्पनीले २९ करोड ४६ लाखमा ठेक्का पाएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij