Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १.४२ लाख संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई पनि आवेदन दिन मौका

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १.४२ लाख संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई पनि आवेदन दिन मौका

  •  

    काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यो सेयर अब सर्वसाधारणसहित इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाहरूले पनि खरिद गर्न सक्नेछन्।

    पहिले बैंकले विद्यमान संस्थापक सेयरधनीहरूलाई सेयर खरिदको अवसर दिएको थियो। तर उनीहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि समेत खुला गरिएको हो।

    सेयर खरिद गर्न चाहने लगानीकर्ताले आज (वैशाख २ गते) बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंमा आवेदन फारम बुझाउनु पर्नेछ। आवेदनमा कति कित्ता सेयर खरिद गर्ने भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij