
काठमाडौँ । दिलिपकुमार अग्रवालद्वारा सञ्चालित जान्वी ग्रुप (JANVI GROUP) अन्तर्गतका कम्पनीहरू मित्तल ओभरसिज र जान्वी प्लास्टोक्याबले विभिन्न शीर्षकमा भन्सार राजस्व छली गरिरहेको पाइएको छ ।
इलेक्ट्रिक्स /इलेक्ट्रोनिक्सका विभिन्न मालवस्तुको आयात, तथा बिक्री वितरण गर्ने कम्पनी मित्तल ओभरसिज ( काठमाडौँ भोटेबहाल) र जान्वी प्लास्टोक्याब( बारा वीरगञ्ज)ले विभिन्न शीर्षकमा भन्सार राजस्व छली गरिरहेको पाइएको हो ।
दिलिपकुमार अग्रवालले सञ्चालन गरेका यी कम्पनीहरूले चाइनाबाट विभिन्न इलेक्ट्रिक्स / इलेक्ट्रोनिक्स मालवस्तुहरू आयात गर्दा न्यून बिलबीजकमा ल्याएर भन्सार राजस्व छली गरिरहेको पाइएको छ । उसले किलोमा ल्याएर गोटामा बिक्री वितरण गर्ने गरेको पाइएको छ । भन्सारको छिद्रहरूलाई समाउँदै भन्सार कर्मचारीलाई समेत प्रभावमा पारी विगत लामो समय देखि मित्तल ओभरसिज र जान्वी प्लास्टोक्याबले भन्सार राजस्व छल्दै आएको पाइएको छ । जान्वी ग्रुप अन्तर्गतका यी कम्पनीहरूले भारतबाट विभिन्न कम्पनीहरूका इलेक्ट्रिक्स /इलेक्ट्रोनिक्सका विभिन्न मालवस्तु आयात गर्दा साफ्टा सुविधा अन्तर्गत आयात गर्ने गरेको पनि देखिएको छ । साफ्टा सुविधा अन्तर्गत ल्याइएका यस्ता मालवस्तुहरू बिक्री वितरण गर्दा समेत यी कम्पनीहरूले राजस्व छल्ने गरेको ,अधिकतम् नाफा खाने गरेको वीरगञ्जका एक व्यापारीले बताएका छन् ।
अग्रवालले सञ्चालन गरेका यी कम्पनीहरूले कच्चा पदार्थको नाममा फिनिस्ट गुड्स ल्याउने गरेको पनि समाचार स्रोतले बताएको छ । फिनिस्ट गुड्स ल्याएर नेपालमै तयार गरेको भन्ने पार्नलाई उनले बारा वीरगञ्जमा एसेम्बलिङ युनिटसमेत राखेको बताइएको छ ।
अग्रवालले सञ्चालन गरेका यी कम्पनीहरूले कच्चा पदार्थको नाममा फिनिस्ट गुड्स ल्याउने गरेको पनि समाचार स्रोतले बताएको छ । फिनिस्ट गुड्स ल्याएर नेपालमै तयार गरेको भन्ने पार्नलाई उनले बारा वीरगञ्जमा एसेम्बलिङ युनिटसमेत राखेको बताइएको छ ।
नयाँ सडक डटकमलाई प्राप्त समाचारमा जान्वी ग्रुप अन्तर्गतको कम्पनी जान्वी प्लास्टोक्याब प्रालिले चाइनाबाट एलईडी बल्ब तयार गर्ने पार्टपुर्जाहरू अत्यन्तै न्यून मूल्यमा ल्याउने र यहाँ पार्टपुर्जा जोडजाड पारेर महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । जान्वी प्लास्टोक्याबले एलईडी बल्बमा लाग्ने पार्टपुर्जाहरू किलोग्राम (केजी)मा ल्याउने गरेको र यहाँ गोटामा बेच्ने गरेको पाइएको छ । उसले भन्सार छुटाउँदा कच्चा पदार्थको रूपमा छुटाउने र यहीँ एसेम्बलिङ गरेर महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । नयाँ सडकलाई प्राप्त समाचारमा उसले एलईडी बल्बमा प्रयोग हुने रेडिमेड पार्टपुर्जा प्रतिकेजी अमेरिकी डलर २.५ देखि १० अमेरिकी डलरसम्ममा ल्याउने गरेको पाइएको छ । तर उसले बिक्री गर्दा भने गोटाको आधारमा बिक्री गर्ने गरेको व्यापारीहरूले नै नयाँ सडकलाई बताएका छन् ।
मित्तल ओभरसिज र जान्वी प्लास्टोक्याबले मालवस्तुको बिक्रीवितरण गर्दा न्यूनमूल्यको भ्याट बिल दिने कतिपय अवस्थामा त भ्याटबिल नै नदिने , परिमाणमा तलमाथि गर्ने समेत गरेको व्यापारीहरूको भनाइ छ । अग्रवालले सञ्चालन गरेका यी कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको सामाजिक सुरक्षा कर समेत यकिन नबुझाउने गरेको स्रोतले बताएको छ । अग्रवालले आयकर समेत ठुलो परिमाणमा छली गरिरहेको बताइएको छ । अग्रवालले छोटो समयमा गरेको अथाह प्रगतिले पनि यो कुराको पुष्टि गर्दछ ।
राजस्वको पटक पटक छापा/लेनदेनमै फासफुस:
दिलिप अग्रवालले सञ्चालन गरेको जान्वी ग्रुप अन्तर्गतका कम्पनीहरू मित्तल ओभरसिज र जान्वी प्लास्टोक्याबमा मातहतको आन्तरिक राजस्व कार्यालयले केही समय अगाडि छापा हान्यो तर लेनदेनमै कुरा मिलाइयो । यता राजस्व अनुसन्धान विभागले राजस्व छल्ने जो कोहीलाई न छाड्ने बताए पनि राजस्व अनुसन्धान विभाग पनि मूकदर्शक भएको छ । जान्वी प्लास्टोक्याब र मित्तल ओभरसिजको राजस्व छली प्रति राजस्व अनुसन्धान विभाग मूकदर्शक भएर बसेको छ ।
अर्थ /भन्सार र राजस्वका उच्चपदस्थ कर्मचारीहरू आफ्नो चिनजान भएको बताउने अग्रवाल र अग्रवालले सञ्चालन गरेका कम्पनीहरूले गरेका क्रियाकलापको शुद्धीकरण हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी नै रहेको उनी निकटवर्तीहरू बताउँछन् ।
यो पनि पढ्नुहोस
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij