Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला

  • काठमाडौं । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो गु्रप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो ।

    १५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरक्षित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उनीहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । 

    डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ ।

    आवेदन ८ बैशाखदेखि १४ दिनसम्म खुला रहने छ । इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

    विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरुबाट योग्य युवाहरुको छनोट गर्नेछ ।  उनीहरूलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालीन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ ।

    “दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो । कार्यक्रममा अपनाइएको घुम्ती संरचनाले व्यवसायका विविध पक्षहरू नजिकबाट नियाल्ने तथा बुझ्ने राम्रो अवसर प्रदान ग¥यो  । कार्यक्रम अन्तर्गत अवसरका रुपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले मलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित ग¥यो  ।”, नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाती कर्णले भनिन्,  “यस अनुभवले मलाई एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्नसक्ने व्यक्ति बनायो ।”

    डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्शाउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बनाउने लक्ष्य लिएको छ ।दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा जान कम्पनीले अनुरोध गरेको छ ।

    सन् २०१५ मा स्थापित दराज दक्षिण एसियाकै अग्रणी ई–कमर्श प्लेटफर्म हो ।  पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सञ्चालनमा रहेको दराजले नवीनतम प्रविधियुक्त बजार प्रणालीमार्फत बिक्रेता र ग्राहकलाई सशक्त बनाउँदै ५० करोड जनसंख्या रहेको ठूलो क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ । ई–कमर्श, लजिस्टिक्स, पेमेन्ट तथा वित्तीय सेवाहरूलाई एकीकृत गर्दै यसले व्यक्तिगत तथा प्रभावशाली किनमेल अनुभव प्रदान गर्दै दक्षिण एशियाली समुदायलाई व्यवसायिक शक्तिबाट समृद्ध बनाउने लक्ष्य राखेको दराज नेपालका कम्युनिकेशन म्यानेजर प्रारम्भ दाहालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij