Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा व्याप्त अधिक तरलता सन्तुलन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण  जारी गर्ने निर्णय गरेको छ। आज बुधबार केन्द्रिय बैंकले उक्त उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन गर्दैछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

    राष्ट्र बैंकले २१ दिन अवधिको लागि यो उपकरण प्रयोग गर्न लागेको हो, जसको साँवा तथा ब्याज भुक्तानी वैशाख २४ गते हुनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष बाँडफाँड हुनेगरी उपकरण बराबरको माग प्रस्तुत गर्न सक्ने छन्।

    बजारमा तरलता नियन्त्रणका लागि राष्ट्र बैंकले यस्ता मौद्रिक उपकरणहरू समय समयमा प्रयोग गर्दै आएको छ । जसले वित्तीय स्थायित्व कायम राख्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij