Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, बोनस सेयर र नगद लाभांश प्रस्ताव

स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, बोनस सेयर र नगद लाभांश प्रस्ताव

  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा यही वैशाख २९ गतेका लागि बोलाएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले सभाको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहान ११स्३० बजे गर्ने निर्णय गरेको हो।

    साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ। साथै, गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको १३.५०% बोनस सेयर र ०.७१% नगद लाभांशलाई अन्तिम स्वीकृति दिनेछ।

    बोनस सेयर जारी पश्चात कम्पनीको चुक्तापूँजीमा वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। साथै, सम्भावित मर्जर वा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव पनि छलफलमा पेस हुनेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सो आधारमा वैशाख १० गतेसम्म शेयरधनीले मात्र सभा तथा लाभांशमा सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij