
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । वैशाख २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । वैशाख १५ गतेदेखि लागू हुने गरी जोशीलाई सीईओ पदका लागि नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको छ ।
उनि कम्पनीमा दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त भएका हुन ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij