Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख  ९३ हजार ६००  रुपैयाँ कायम

आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख  ९३ हजार ६००  रुपैयाँ कायम

  •  

    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घट्दै १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

    गत शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन दिनयता सुनको मूल्य लगातार घटिरहेको छ, जसले बजारमा सुन खरिद गर्ने उपभोक्तालाई केही राहत दिएको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला २ हजार २९० रुपैयाँमा झरेको छ। शुक्रबार यसको मूल्य २ हजार ३४० रुपैयाँ थियो, अर्थात् आज चाँदी तोलामा ५० रुपैयाँले सस्तो भएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij