
काठमाडौँ । प्रहरीले हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई सो आरोपमा पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाए अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने गरेका थिए । प्रहरीका अनुसार आरोपित बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफलता प्राप्त गरेका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुलेको छ ।
सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij