Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आज सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

आज सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

  •  


    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताहरूका लागि आज, बिहीबार ९वैशाख ४० अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्रीका लागि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ, जसअनुसार हाल कायम एक सेयरका विरुद्ध ०।२७ कित्ता नयाँ सेयर पाउने व्यवस्था गरिएको छ। यसअन्तर्गत, कम्पनीले कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तय गरिएको छ। यसरी कम्पनीले हकप्रद बिक्रीबाट १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

    हाल सन नेपाल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँमा पुग्नेछ।

    हकप्रद सेयर निष्कासनको व्यवस्थापन नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij