Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

एपेक्स हस्पिटालिटीले १३५ रुपैयाँमा संस्थापक शेयर विक्री खुला, १४.७५ लाख कित्ता बजारमा

एपेक्स हस्पिटालिटीले १३५ रुपैयाँमा संस्थापक शेयर विक्री खुला, १४.७५ लाख कित्ता बजारमा

  • काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले आफ्नो संस्थापक शेयर विक्री प्रक्रिया प्रारम्भ गरेको छ। कम्पनीले प्रतिकित्ता १३५ रुपैयाँमा १४ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो। यसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३५ रुपैयाँ प्रिमियम थप गरेर विक्री मूल्य निर्धारण गरेको छ।

    शेयर विक्रीका लागि कम्पनीले चैत ३१ गते उद्योग रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरिसकेको छ। सोही दिन बसेको सञ्चालक समितिको बैठकबाट शेयर विक्री गर्ने निर्णय पारित गरिएको हो।

    विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै कम्पनीले वैशाख ४ गतेदेखि ७ दिनभित्र, अर्थात् वैशाख १० गतेसम्म, आवेदन दिन आह्वान गरेको छ। तोकिएको समयमा माग नपरेमा, बाँकी शेयरहरू दोस्रो चरणमा अन्य व्यक्ति वा संस्थाहरूलाई विक्री गरिनेछ।

    शेयर खरिदको लागि इच्छुक संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij