Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

नेपडेन्ट ट्वेन्टीट्वेन्टी फाइभको तयारी पूरा

नेपडेन्ट ट्वेन्टीट्वेन्टी फाइभको तयारी पूरा

  • काठमाडौँ । शुक्रबारदेखि आइबारसम्म तीन दिने नेपडेन्ट सम्मेलनको तयारी तीव्र भएको छ । नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडीडीए)ले तेस्रो नेपडेन्ट सम्मेलनको  तयारी द््रुतगतिमा भइरहेको जनाएको छ ।
    संघका अध्यक्ष शालिकराम अर्यालले तेस्रो नेपडेन्टको आयोजनासम्बन्धी कामहरू तीव्रगतिमा भइरहेको र करिब करिब पूरा भएको जनाए ।

    nep1.jpg

    तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अर्यालसँगै उपाध्यक्ष सुनिल बराइली , सचिव निरन्जन खतिवडा र प्रवक्ता शेखरप्रसाद सुवेदीसहितका  सदस्य पदाधिकारीहरूको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा नयाँ वर्षका टेबल क्यालेन्डरको विमोचन गरिएको थियो । संघले  बैशाख ५, ६ र ७ गते अन्तर्राष्ट्रियस्तरको तीनदिने नेपडेन्ट २०२५ सम्मेलन हुने जनाएको हो ।

    संघका सचिव निरन्जन खतिवडाले तेस्रोपटक हुन लागेको उक्त सम्मेलन काठमाडौँको भुकुटीमण्डपमा हुने जनाए । सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने  खतिवडाले विश्वास व्यक्त गरे । यसभन्दा अघि संघले भृकुटीमण्डपमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।

    nep2.jpg

    नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४८ संस्थाहरुले काम गर्दै आइरहेका छन् । अध्यक्ष अर्यालले जनाए अनुसार करिब ९० भन्दा बढी स्टल रहने उक्त सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने जनाइएको छ। 

    कार्यक्रममा दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट, डेन्टल कलेजका विद्यार्थीहरु, डेन्टल हस्पिटलका संचालकहरु, डेन्टल क्लिनिक, डेन्टल ल्याब लगायत डेन्टल सङ्ग सम्बन्धितहरुको उपस्थिति रहने संघका प्रवक्ता सुवेदीले जनाए । साथै उनले सम्मेलनमा प्रदर्शन गरिने  सामानमा सम्मेलन अवधिभर पचास प्रतिशतको छुट रहने जनाए ।
    सम्मेलन आयोजनाको लागत ६५ देखि ७० लाख लाग्ने अनुमान गरिएको छ । 

    https://www.nepdent.com/

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij