Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सान्भि इनर्जी लिमिटेडले वैशाख ५ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

सान्भि इनर्जी लिमिटेडले वैशाख ५ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि आफ्नो पहिलो चरणको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएसँगै कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। कम्पनीले आफ्नो ८८ करोड रुपैयाँ जारी पूँजीको ४३.०७५ अर्थात् ३८ लाख कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ, जसअन्तर्गत पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

    शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र आवेदकहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म माग गर्न सक्नेछन्। स्थानीय बासिन्दाहरूले छिटोमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ३ गतेसम्म अवधि लम्ब्याइनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनिवार्य रूपमा वैशाख १९ भित्र आवेदन दिनुपर्नेछ।

    आईपीओको बिक्री व्यवस्थापनको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड लाई दिइएको छ। आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू, नबिल बैंकको फिक्कल शाखा, तथा मेरोशेयर अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ।

    सान्भि इनर्जीले २०७४ सालदेखि ७।६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ भने ५.२ मेगावाटको जोगमाई क्यासकेड आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। कम्पनी हाल १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ। आर्थिक वर्ष ०८०/८१ को विवरणअनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रति सेयर आम्दानी १७ रुपैयाँ ३ पैसा रहेको छ, जसले यस आईपीओलाई वित्तीय रूपमा आकर्षक बनाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij