Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

  • काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज (बैशाख ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।सो शेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं। १० ९साविकको गोदक गा।वि।स। का १ देखि ९ नम्बर सम्मका वडाहरु०, माईजोगमाई गाउँपालिका वडा नं। १ ९साविकको नयाँ बजार गा।वि।स।का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु० माई गोजमाई गाउँपालिका वडा नं। ३ र ४ ९साविकको नाम्सालिङ्ग गा।वि।स।का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा।वि।स।को वडा नं। ५०, सूर्योदय नगरपालिका वडा नं। १० ९साविकको फिक्कल गा।वि।स। का ६ देखि ९ नम्बरसम्मका वडाहरु० तथा सूर्योदय नगरपालिका वडा नं। ११ ९साविकको पञ्चकन्या गा।वि।स। का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीइ संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले तोकिएको संकलन केन्द्र मार्फत भौतिक रुपमा शेयर खरिद आवेदन दिनका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाइ आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij